आसाम - भारतीय राज्य आसाममा परेको भारी वर्षा र बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आसामका कम्तीमा ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन ।
बुधबार रातिसम्म बाढीमा परी आसामका ५९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । बाढी आउने क्रम जारी रहेको समाचारमा उल्लेख छ । गएको मंगलबारदेखि अविरल रुपमा पानी परिरहेको र बुधबार रातिसम्म ती व्यक्तिको निधन भएको समाचारमा जनाइएको छ ।
ब्र
ह्मपुत्र र उसको सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ ।
राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ । त्यस राज्यमा ४२६ ओटा उद्धार शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ ।