कीर्तिपुर– कीर्तिपुर नगरपालिकाले स्थानीय उत्पादन, सामाजिक, सांस्कृतिक पृष्ठभूमि, स्थानीय प्राकृतिक सम्पदा तथा चिनारीलाई थप उजागर गर्दै पर्यटकलाई आकर्षण गर्न आगामी वैशाखमा महोत्सव गर्ने तयारी गरेकाे छ। विसं २०७७ वैशाख १६ देखि २० गतेसम्म महोत्सव संचालन गर्ने घोषणा गरिएको नगर प्रमुख रमेश महर्जनले बताएका छन् । उक्त महोत्सवबाट नगरको जनजीवन, सांस्कृतिक रहनसहन, मूर्तअमूर्त कलाकृति र सम्पदालाई विश्वमाझ उजागर गरि आर्थिक तथा सामाजिक क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको उनले बताए। नगरपालिकाको समन्वयमा आयोजना हुने उक्त महोत्सवमा नेपाल पर्यटन बोर्ड तथा भ्रमण वर्ष सचिवालयसँग समेत सहकार्य गरिनेछ।