कञ्चनपुर । चौँथो नगर स्तरीय एवम् एघारौँ पुनर्वास प्याब्सन फेस्टिवल सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पुनर्वासको चौथो नगर स्तरीय एवम् एघारौँ प्याब्सन फेस्टिवल शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
![](blob:https://www.facebook.com/22af6c06-5b93-483c-b2b9-0318c96eeb73)
![](https://nepalipublic.com/uploads/editor/2024-02-10/14225045322af6c06-5b93-483c-b2b9-0318c96eeb73.jpg)
![](blob:https://www.facebook.com/22af6c06-5b93-483c-b2b9-0318c96eeb73)
![](blob:https://web.whatsapp.com/fe4562bb-e975-4a13-a667-e2a357e702ba)
बुधवारदेखि कञ्चनपुरको पुनर्वास नगरपालिका ११ को राष्ट्रिय माविको खेल मैदानमा सुरु भएको फेस्टिवल बिभिन्न प्रतियोगिताहरू सम्पन्न गरी समापन भएको हो । सम्पूर्ण प्रतियोगिताहरूको कास्य रजत र स्वर्णको आधारमा ब्रिलेन्ट स्टार प्रथम भएको छ भने दोस्रो युग ज्योति र तेस्रो दुर्गा भएको हो ।
![](https://nepalipublic.com/uploads/editor/2024-02-10/1423226362.jpg)
यस्तै दौड,भलिबल,डोरी तान्ने खेल,रिले रेस,लमजङ र पेनाल्टी सुट आउट तहगतका प्रतियोगिताका विजयी बिभिन्न विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्रले सम्मान गरेको प्याब्सन नगर अध्यक्ष बालकृष्ण ढकालले जानकारी दिए ।
![](https://nepalipublic.com/uploads/editor/2024-02-10/1423317253.jpg)
प्याब्सन पुनर्वासको चौथो नगर स्तरीय एवम् एघारौँ प्याब्सन फेस्टिवल प्रतियोगितामा पुनर्वास नगरपालिका भित्रका २२ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो ।
![](https://nepalipublic.com/uploads/editor/2024-02-10/142352241444444444444444444.jpg)