काठमाडौं । दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)फुटबलमा ९ टोलीले भिडन्त गर्ने भएका छन्। एनएसएलको नयाँ सिजन आगामी मंसिर ८ गतेदेखि सुरु हुने भएको छ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एनएसएलको खेल तालिका सार्वजनिक गरेको हो। पहिलो संस्करणमा ७ टोली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्ने तयारी थियो। तर विराटनगर सिटी एफसी नखेल्ने आयोजकले जनाएको छ।