काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।
शाखाले भोली जेठ १ गतेबाट एनओसीलाई पूर्ण रुपमा अनुहार विहिन, नगद विहिन र कागज विहिन हुने जनाएको हो ।
२०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन रुपमा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति शाखाको सेवा प्रवाहलाई अझ सरल, सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउनको निमित्त सेवालाई पूर्णरुपमा अनलाइन बनाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीको भनाई छ ।
शाखाले शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरेर आवेदकले आवश्यक कागज प्रविष्ट गरेपछि शाखाले प्रमाणीकरण गरेपश्चात प्रिन्ट गर्न सकिने छ। शिक्षा मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले एनओसीसम्बन्धी विवरण यकिन गरेर विदेशी मुद्रा सटहीको सुविधा दिने भएका छन्।
सम्बन्धित समाचार :-
अब एनओसी पुरानै तरिकाले दिइने ?