काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ।
उनको आइतबार दुबइस्थित एक अस्पतालमा निधन भएको हो। ७८ वर्षीय पूर्व सैनिक जनरल तथा राष्ट्रपति मुशर्रफ केही समयदेखि क्यान्सर रोगको उपचार गराउँदै भेन्टिलेटरमा थिए।
उनी सन् १९९९ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए। त्यसअघि उनी सैन्य प्रमुख थिए।
पाकिस्तानको अदालतले सन् २०१४ मा संविधान मिचेको आरोपमा दोषी ठहर गरेका मुशर्रफ उपचारका लागि सन् २०१६ देखि दुबई बस्दै आएका थिए।