काठमाडौं । जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।
बैतडीको सिगास गाउँपालिका–३ घर भएका प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ स्थित ऋषि खोला सामुदायिक वन क्षेत्रमा मृत फेला परेका हुन्। चितवन दरबन्दी भएका बोहरा हाल डडेलधुरामा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी वन क्षेत्रमा मृत अवस्थामा भेटिएका थिए। घटनाअघि बोहराले आफ्नी श्रीमतीलाई आफूलाई हानि पुर्याउन लागेको संकेतसहितको तस्बिर पठाएको प्रहरी स्रोतले जनाएको छ। श्रीमतीले त्यसबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले उनको खोजी थालेको थियो। खोजीका क्रममा बोहरा मृत अवस्थामा फेला परेका हुन्। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।