काठमाडौं। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा चयन भएका छन्।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले लामिछानेलाई सभापतिमा चयन गरेको हो।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो। त्योसँगै उनले उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
त्यसपछि रास्वपाले डिपी अर्याललाई कार्यवाहक सभापति बनाएको थियो।
तर, आइतबार नागरिकता लिएपछि उनलाई मन्त्रीलगायत सार्वजनिक पद लिन बाटो खुलेको छ।
सम्बन्धित समाचारः
रवि लामिछानेको सांसद पद खारेज
यस्तो छ रवि लामिछानेको मुद्दामा सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ
रवि लामिछाने फेरि यसरी बन्न सक्छन् सांसद र मन्त्री
रवि लामिछानेले लिए नेपाली नागरिकता
फेरि उपप्रधान तथा गृहमन्त्री बन्दै रवि लामिछाने !