काठमाडौं। आईडीपीले नेपालमा व्रिटिश काउन्सिलको अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) डिपार्टमेन्टको स्वामित्व लिने भएको छ।
छिट्टै नै नेपालमा आईडीपीले व्रिटिश काउन्सिलको आईईएलटीएस डिपार्टमेन्टको स्वामित्व लिन लागेको हो। पछिल्लो समय आईडीपीले व्रिटिश काउन्सिलको धेरे ठाउँको आईईएलटीएस डिपार्टमेन्टको स्वामित्व लिइरहेको छ। सोही प्रक्रियाबमोजिम नेपालमा पनि छिट्टै आईडीपीले व्रिटिश काउन्सिलको आईईएलटीएस डिपार्टमेन्टको स्वामित्व लिन लागेको हो।
नेपालमा हाल आईडीपी र व्रिटिश काउन्सिलले मात्रै आईईएलटीएस (अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली) सञ्चालन गर्दै आएका छन्। व्रिटिश काउन्सिलको आईईएलटीएस डिपार्टमेन्टको स्वामित्व लिएपछि नेपालमा आईडीपीले मात्रै आईईएलटीएस सञ्चालन गर्नेछ।
व्रिटिस सरकारको सांस्कृतिक शाखाको रुपमा सञ्चालित व्रिटिस काउन्सिलले कोरोना महामारीपछि आर्थिक संकट देखाउँदै विभिन्न देशका शाखाहरू बन्द गरिरहेको छ।
व्रिटिश काउन्सिलको आईईएलटीएस डिपार्टमेन्टको स्वामित्व खरिदपछि आईडीपीले आईईएलटीएससँगै शैक्षिक परामर्श क्षेत्रमा समेत एकाधिकार जमाउने बताइन्छ।