कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते शुक्रवार विश्वासको मत लिने भएका छन् ।
आज मङ्गलवार सत्ता गठबन्धनसँग छलफल गरेपछि मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराए । पुस २९ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक डाकिएको छ ।
सरकारका प्रवक्ता सीता सुन्दासका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद् सचिवालयमा पुगिसकेको छ ।
अधिकारीले विश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रिहरूको कार्यविभाजन तोक्ने तयारी गरेका छन्। अहिले चार सदस्यीय मन्त्रीमण्डल छ ।