काठमाडौं। घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
उनी बिहीवार एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्। प्रवेशपछि उनी समाजवादीको सचिवालयमा बस्ने तय भएको छ।
प्रतिनिधिसभा चुनाव टिकट नपाएपछि उनी स्वतन्त्रबाट तत्कालीन सत्ता गठबन्धनको तर्फबाट चुनाव लडेका थिए। तर, भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।
उनले आइतबार मात्रै एकीकृत समाजवादीको वाम एकता वार्ता समितिका संयोजकलाई ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ पठाएका थिए।