काठमाडौं । आज भाइटीका। कलाकारहरूले आफ्ना दिदीबहिनी र दाजुभाइसँग टीका ग्रहण गरेका छन्। वरिष्ठ हास्यव्यंग्य कलाकार हरिबंश आचार्यदेखि नेतृ समेत रहेकी कलाकार रेखा थापा लगायतले टीका ग्रहण गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
दशैं तिहारका अवसरमा धेरै कलाकारहरू घरमा बस्न पाउँदैनन्। देश विदेशमा हुने कन्सर्टले उनीहरूलाई भ्याइ नभ्याई हुन्छ। केही कलाकारहरूले घरमै तिहार मनाएको भन्दै तस्बिर पोस्ट गरेका छन्।
कलाकारहरू हरिबंश आचार्य, रेखा थापा, दीपकराज गिरी, दीपाश्री निरौला, ऋचा शर्मा, केकी अधिकारी, प्रमोद खरेलले टीका लगाएका हुन्।
उनीहरूले टीका र माला ग्रहणपश्चात् सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन्। यमपञ्चकको पाँचौँ दिन आज घर घरमा भाइटीका लगाउने क्रम जारी छ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।
![](https://bg.annapurnapost.com/uploads/media/2_20221027153437.jpg)
![](https://bg.annapurnapost.com/uploads/media/3_20221027153438.jpg)
![](https://bg.annapurnapost.com/uploads/media/1_20221027153437.jpg)
![](https://bg.annapurnapost.com/uploads/media/6_20221027153438.jpg)
![](https://bg.annapurnapost.com/uploads/media/Untitled-2_20221027153813.jpg)
![](https://bg.annapurnapost.com/uploads/media/5_20221027153438.jpg)