काठमाडौं । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यू–१७ को राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।सेप्टेम्बरमा भएको साफ यू–१७ लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
नेपाल साफ यू–१७ मा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टिम भारतसँग ४–० ले पराजित बनेको थियो ।एएफसीको एसिया कप छनोट खेल्न नेपाली टिम आईतबार प्रस्थान गर्नेछ ।
नेपाली टिम :
गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान ।
डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।
मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके ।
फरवार्ड : सुबास बम, श्रृजल राई