झापा। बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिना रहेका छन्।
उनलाई ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेका इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।