काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भिर रहेको जनाइएको छ ।
सभामुख सापकोटाले आज ट्वीटमार्फत बिहीबार साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै सघन उपचारमा रहेका उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।