काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ अर्ब वर्षपछि पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरेका छन्।
एक कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले ८ अर्ब वर्षपछि पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरेका हुन्।
पृथ्वीले ५/६ अर्बको आयु गुजारिसकेको र अहिले वैशमा रहेको ओलीको दाबी छ।
उनले भने, ‘बीचमा केही भएन भने। केहीबीचमा भयो भने बीचैमा ध्वस्त हुन्छ। बीचमा केही भएन भने पनि, यसै हिसावले शान्त ढंगले चल्ने हो भने पनि ८ अर्ब वर्षपछि पृथ्वी समाप्त हुन्छ।’