काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाका बिरामी भर्ना भएका छन् ।
काठमाडौं मोडल अस्पतालले बिरामीको ल्याब परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएका बिरामीलाई सो अस्पतालमा रिर्फर गरेको अस्पतालका टेकु अस्पतलाका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।
गौतमका अनुसार काठमाडौं मोडेल अस्पतालले बिहीबार दुई जना बिरामी एक जनामा हैजा पृष्टि भएर र अर्कोलाई हैलाको लक्षण देखिएकाले हैजा भएको शंका लागेर सो अस्पतालमा रिर्फर गरेको हो ।
आज मात्र १५ जना झाडापखालाका बिरामी सो अस्पतालमा आएको अस्पतालले जनाएको छ।