काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका प्रत्याशी केशव स्थापितको बसोबास रहेको २८ नम्बर वडामा एमालेको लज्जास्पद हार भएको छ।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार यो वडाका अध्यक्षहसहित सबै सदस्य पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
वडा नम्बर २८ मा नेपाली कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा विजयी भए। विजेता उनले १२८२ मत ल्याए। पराजित एमालेका विपेन्द्र खड्गीले १०७० मत ल्याए। वडा सदस्य पनि सबै कांग्रेसकै विजयी भएका छन्।
यहाँ महिला सदस्यमा कांग्रेसकी निनाकुमारी खड्गी १२६४, दलित महिला सदस्यमा कांग्रेसकी ललिता सार्की ११४३, दुई पुरुष वडा सदस्यमध्ये अरुण तन्डुकार १२७८ र वीरेन्द्र महर्जन ११९३ मतसहित विजयी भएका हुन्।