जिल्लाको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीम साउद विजयी भएका छन् । उनी २०७४ को निर्वाचनमा १ मतले पराजित भएका थिए ।
यसपटक भने उनले १ हजार ४८६ मतान्तरले जितेका छ्न्। उनले ३ हजार ९८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीले २ हजार ५०६ मत पाए ।
निवर्तमान अध्यक्ष समाजवादीका हर्क साउदले एक हजार ४७४ पाए । उनी ०७४ सालको निर्वाचनमा १ मतले विजयी भएका थिए।अहिलेका निर्वाचित अध्यक्ष भीम साउदले एक मतले हारेका थिए। उपाध्यक्षमा नेपाली कांग्रेसकी सरदेवी खड्का विजयी भइन् ।
खड्काले ३ हजार ७३४ मत पाइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अनिता खड्काले २ हजार ४९१ प्राप्त गरिन् ।७ वडा रहेको चौरपाटीमा ४ वडामा कांग्रेस र २ वडामा नेकपा एमालेले जितेका छन्।