भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ।
गोली लागेर निर्वाचन केन्द्रमा खटिएकी कर्मचारी मनीषा थापा मगर घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टामा गोली लागेको छ ।
माओवादी र कांग्रेसका कार्यकर्ता मतपेटिका राखेको कोठामा छिरेपछि प्रहरीले गोली चलाउँदा मगरलाई लागेको गोरखाका एसपी केदार खनालले जानकारी दिए।