प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शनिबार भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु’ प्रधानमन्त्री देउवाले भने ।
हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा देउवाले समकक्षी मोदीले २०१४ मा गरेको नेपाल भ्रमणको स्मरणसमेत गरेका थिए । मोदी २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल भ्रमण गरेका थिए । त्यसपछि उनले विभिन्न समयमा तीन पटक भ्रमण गरिसकेका छन् ।
तर, नेपाल भ्रमण गर्नेबारे मोदीले केही बोलेनन् ।