जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले ‘जनमत माटो यात्रा’ को आजदेखि शुरुवात गरेका छन् ।
पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।
जनमत पार्टीले लुम्बिनीबाट मेचीदेखि महाकालीसम्म ‘जनमत माटो यात्रा‘ सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पार्टीको निर्णय अनुसार अध्यक्ष डा.राउतलाई सचिवालयबाट विदाई गरिएको पार्टीका महासचिव चन्दन सिंहले जनाए ।
जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको महासचिव सिंहले जनाए ।
जनकपुरबाट बिदाई गरिएका डा.राउत लुम्बीनी पुग्नेछन् । त्यहांको माटो संकलन गरी उनि मेचीदेखि महाकालीसम्मको यात्रामा निस्किने जनाईएको छ ।