देशका सम्पुर्ण किसानहरुको कृषी बिमा गरी उनिहरुलाई पेन्सनको व्यवस्था गर्न आईटी आर्मिले सरकारसंग माग गरेको छ ।
आईटी आर्मिका संयोजक चन्द्रभुषण साहले बेमौसमि वर्षा तथा हावाहुरीका कारण देशै भरीका किसानहरुले घर भित्राउनै लागेका धानकाली नष्ट भएकोले यस्ताखाले अवस्थालाई मध्यनजर गर्दै तत्काल उचित राहत प्याकेज तथा क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार सहित सम्बन्धित निकायसंग माग गरेका छन् ।
संयोजक साहले आज एक बिज्ञप्ती जारी गर्दै सरकारसंग यस्तो माग गरेका हुन् । उनले किसानका लागि ट्याक्टरमा लाग्ने कर खारेजी, सहज रूपमा कृषि ऋण उपलब्ध गराउन, मलखाद्दको व्यवस्था, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर्नुपर्ने लागयतका माग समेत गरेका छन् ।
बिज्ञप्तमा मार्फत साहले नेपाल जस्तो कृषिप्रधान देशमा सयजति मानिसको मृत्यु, तिन दर्जन जति बेपत्ता, दर्जनौं घाईते तथा कयौं परिवारहरु विस्थापित र अरबौं रकम बराबरको कृषि बालिनालि, पशुपंक्षी तथा धनमालको विकराल क्षति हुँदा पनि किसानको पिडा बुझ्ने र घाउमा मलहम लगाउन कोही अग्रसर नभएकोप्रति दुःख समेत जनाएका छन् ।
उनले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका किसानहरुलाई कहिले अतिवृष्टि त कहिले अनावृष्टि लगायतका प्राकृतिक प्रकोप विपत्तिबाट हुने क्षतिको भरपाईको लागि उचित राहत प्याकेजको व्यवस्था, प्रभावकारी कृषि अनुदान एवं विमाको प्रबन्ध गरी अन्नदातालाई सम्मान एवं प्रोत्साहन गर्न संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आग्रह पनि गरेका छन् ।

