बिगत ४ दिनदेखी आएको अकष्मात वर्षातका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेपछी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएको छ ।
खतराको सतहभन्दा माथिसम्म पानिको बहाव बढेपछी ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ ।
व्यारेजमा आज बिहान मात्रै करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ ।
निरन्तर वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले नदी तटीय क्षेत्र र आसपासका क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन सुचित गरेको छ भने तटिय क्षेत्रका स्थानहरुमा आवत जावत कम गरिएको छ ।
आजपनि प्रदेश नम्बर–१ का पहाडी र तराई–मधेशका जिल्लाहरुमा ठूलो वर्षा भइरहेको छ ।
लगातारको वर्षातका कारण घर भित्राउन खेतमा काटेर राखिएका किशानका धानबालिहरुमा व्यापक क्षति पुगेको छ ।