कठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–वडा न १६ चौमती डेरा गरी बस्ने २८ वर्षीया बबिता राईको हत्या भएकाे हाे।
हत्याको आरोपमा चौमती डेरा गरेर बस्ने नुवाकोट तादी गाउँपालिका–२, सातबीसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।