झापामा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
पुर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ स्थित चियादोकान सडकखण्डमा राति १० बजेतिर पुर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकआपसमा जुद्धा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
ठक्करबाट घाइते उनीहरुलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ। मृतक दुवैको सनाखत भइसकेको छ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादु विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको प्रहरीले जनाएको छ। मृतक दुवैको सनाखत भइसकेको छ। उनीहरु दम्पती रहेको पाइएको छ।
दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालार्य नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।