सार्वजनिक यातायात व्यवसायीहरुले सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा विहिबार काठमाडौंमा र्याली निकालेका छन्।
यातायातसहित र्यालीमा निस्किएका व्यवसायीहरुले भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै नाराबाजी गरेका थिए।
चक्रपथ परिक्रमा गर्नेगरी व्यवसायीहरुले बालाजु, जोरपाटी लगायतका स्थानबाट आ–आफ्नो सवारी निकालेर र्यली शुरु गरेका थिए। एकैपटक धेरै सवारी साधनहरु सडकमा निस्किदाँ ट्राफिक जामको समस्या देखिएको छ।
व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन्।