काठमाडौं – एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार एकाएका सुधार देखिएको छ।
आर्थिक वर्ष २०७८–२०९७ को पहिलो दिन सेयर बजार पुरिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको छ। आइतबार २ करोड ८८ लाख ६३ हजार ९३ कित्ताको सेयर किनबेचमा ११ अर्ब ६३ करोड लाख २६ हजार ४९३ रुपैयाँ कारोबार भएको छ।
दोस्रो बजारमा कारोबार भएका १३ वटै परिसूचकमा आइतबार वृद्धि हुँदा पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भयो। आइतबार दोस्रो बजारमा २१७ कम्पनीको १२ करोड ३० लाख ४५ हजार ६०६ कित्ता सेयर कारोबार भएको थियो। आसर मसान्तसम्म बैंकको ब्याज तिर्नुपर्ने कारण र धितोपत्र बोर्डले गत असार १ गते ५१ वटा कम्पनीलाई जोखिन भन्दै कम्पनीको नामसहित सूची प्रकाशित गरेपछि ३ हजार नाघेको नेम्से पुनः ओरालो लागेको थियो।
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजीबवारलाई नीतिगत नियममा नबाँध्ने बताएका थिए। आइतबार विकास बैंक उपसमूह र बैंकिङ उपसमूह सबैभन्दा धेरै बढेका छन्। विकास बैंक उपसमूह ५.०५ प्रतिशतले बढ्दा र बैंकिङ उपसमूह ४.७१ प्रतिशतले बढेको छ।