नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा नगर्न चेतावनी दिएका छन् ।
थापाले अदालतको आदेश मनपरेन भने असहमत हुन पाइने तर अस्वीकार गर्न नपाइने बताए ।
थापाले भने, ‘उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पु्रयाउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं । नत्र भिरबाट खस्नेलाई रामराम मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।’
थापाले असंवैधानिक रुपमा पगरिएको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको बताए ।