नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
एमाले एकताका लागि सहमति गर्न कार्यदलले ढिलाइ गरेका बेला ओली आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।
एमाले विवाद समाधान गर्न गठन गरिएको कार्यदल बैठक सिंहदरबारमा बसिरहेको छ । आजको बैठकले एमाले एकताबारे सुखद् समाचार दिने कार्यदलका नेताहरूले दाबी गर्दै आएका छन् ।
सम्बन्धित समाचारः एमाले एकताबारे ‘सुखद् समाचार दिने’ भनिएको कार्यदलको बैठक बस्दै