काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच शनिबार साढे ११ बजेपछि कोटेश्वरस्थित नेपालको निवासमा भेटवार्ता भएको हो । उनीहरूबीच समसायमिक राजनीतिक विषयमा छलफल भएको छ ।
भेटमा प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका छन् । अध्यक्ष प्रचण्डले नेता नेपालसँग ओलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको स्रोतले जनाएको छ ।
प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।
एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला प्रचण्ड–नेपालबीच भएका भेटवार्तालाई अर्थपूण रुपमा हेरिएको छ ।