गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन्।
मुख्यमन्त्री गुरुङ दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भइसकेको छ। त्यससँगै प्रदेश प्रमुख सीता पाैडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्।