काठमाडौं - स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु अपनाएर नेपाल विद्यार्थी संघ बुद्ध मावि इकाइ कमिटीको आयोजनामा निशुल्क घरदैलो शिक्षा सुरु भएको छ ।
कमिटीले मोरङ जिल्ला स्थित पथरी शनिस्चरे नगरपालिकामा यस्तो किसिमको शिक्षा प्रदान गर्न लागेको हो ।
कोराना भाइरसले कारण शिक्षामा परेका असरलाई माथि उठाउनका लागि आफुहरुले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई अध्यापन गर्न लागेको निशुल्क टीयुसन सिबिर संयोजक किसान राईले बताए ।
विद्यार्थीहरुलाई अनिवार्य रुपमा माक्स तथा सेनेटाइजरका साथै स्वास्थ मापदण्ड पूरा गरेर पढाइने कमिटीले बताएको छ ।
केही नयाँ तथा केही फरक गर्ने सोचका साथ आफुहरुले यस्तो कामको थालनी गरेको नेविसंघका नेता नविन केडीले बताए ।