भारतको कर्नाटकमा एक श्रीमानले आफ्नो श्रीमतीलाई अनौठो तरिकाले श्रद्धाञ्जली दिएका छन् । त्यहाँका उद्योगपति श्रीनिवास गुप्ताले घरको सोफामा जिवित बसिराखेको जस्तो देखिने गरी श्रीमतीको प्रतिमा बनाइएर श्रद्धाञ्जली दिएका हुन् ।
आफन्तहरुको जमघटसहित नयाँ घर प्रवेशको क्रममा उनले यो प्रतिमा स्थापित गरेका हुन् । आफन्तजनहरु निधन भइसकेको गुप्ताका श्रीमती सोफामा देख्दा अचम्ममा परेका थिए ।
सिलिकन वाक्स अर्थात् मैनजन्य पदार्थबाट बनाइएको प्रतिमाको बनावट जिवितजस्तो देखिने उनले बताए । गुप्ताकी श्रीमती माधवीको सन् २०१७ मा कार दुर्घटनामा निधन भएको थियो ।
प्रतिमा भनेर थाहा पाएपछि आफन्तजनहरु भावुक भएका थिए । उनीहरुले प्रतिमासँग फोटो खिचेर चित्त बुझाए ।
प्रतिमा मैनकलाका कहलिएका आर्किटेक्ट रंघनन्नावरले बनाएका हुन् । प्रतिमा हेर्दा साँच्चिकै गुप्ता पत्नी नै बैठकमा बसेको भान हुने उनले पनि बताएका छन् । प्रतिमामा माधवीले सारी र गहना पहर्याइएको छ ।