काठमाडौं - दार्चुलामा वितेका चार वर्षको अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । उक्त बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो ।
आव २०७३÷०७४ मा ३ जबर्जस्ती करणी तथा २ जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । यस्तै आव २०७४÷०७५ मा ५ जबर्जस्ती, २०७५÷०७६ मा ५ जबर्जस्ती करणी र २ जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए भने २०७६÷०७७ मा जबर्जस्ती करणीका ८ र जबर्जस्ती करणी ६ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो ।
बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका अधिकांश घटनाहरु प्रहरीसम्म पुग्नै नसकेको र समाजमै लुकाइएको अनुमान गरिएको छ ।
केहीले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुव्र्र्यवहारका घटना जानकारी दिँदा आफु समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ । रासस