काठमाडौं– लेखक तथा पत्रकार राज सरगमको ‘मेरो छाती धड्कियोस्’  गीत सार्वजनिक भएका छन् । सर्जक सरगमले यसभन्दा अगाडि चलचित्र दबाब, चाल मेरो मान्छेलगायत सिनेमा गीत लेखेका थिए भने आधा दर्जन गीत पनि लेखिसकेका छन्  । लामो समयको अन्तरालपछि राजले अर्काे गीत लिएर आएका हुन् । 
संगीतकार विपिन आचार्यको कम्पोजिसन, संगीत संयोजन र मिक्सिङ रहेको छ । गीतलाई गायक प्रमोद खरेल  स्वर दिएका छन् । उपत्यकाको आसपास छायांकन गरिएको गीतको भिडियोलाई नारायण ठकुरीले निर्देशन गरेका छन् । 
भिडियोको छायांकन नरेश चैसिरले गरेका छन् भने सन्देश परियारले सम्पादन गरेका छन् । भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय छ । युट्युब च्यानल साइराम पिक्चरबाट गीतलाई सार्वजनिक गरिएको हो ।