काठमाडाैं - सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । शुक्रबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव २ लाख ५४ हजार ६ सय १५ क्वूसेक प्रति सेकेन्ड पुगेसँगै पश्चिमतर्फ रातो बत्ति बालिएको बताइएकाे छ ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोका मध्ये ३८ वटा ढोका खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएकाे छ । कोसीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको छ ।