काठमाडौं - कृषिबालीका लागि खतरनाक किरा ‘सलह’ नेपालमा पनि भित्रिएकाे छ । नेपालमा याे किरा पहिलाेपटक भित्रिएकाे हाे ।
भारतसँग सिमाना जोडिएका सर्लाहीको नवलपुर र बाराको निजगढमा सलहको झुण्ड देखापरेपछि कृषि मन्त्रालयले नेपालमा पनि सलह भित्रिएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
यस अघि नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने आंकलन गरेकोमा पछि कृषि मन्त्रालयमा एउटा निकायले ‘यो किरा नेपाल प्रवेश गर्दैन’ भन्दै प्रतिवेदन बुझाएको एक महिना नबित्दै भारतबाट नेपाल छिरेको हो ।
अफ्रिकाबाट फैलिन शुरू भएको सलह किरा मध्यपूर्वबाट पाकिस्तान हुँदै भारतमा आइपुगेको थियो। ठूलो समूह र लामो दूरीमा उड्ने सलहले हरियो बोटबिरूवा पूरै नष्ट पार्ने गर्दछ। भारतमा यसले कृषिबालीमा निकै ठूलो क्षति पुर्याएकाे छ।