काठमाडौं - अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
मालारानी गाउँपालिका–४ का ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको हो । याे संगै काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ।
जेठ २९ गते ५७ वर्षीय उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तर उनको जेठ ३० मा मृत्यु भएको हो। उनी भारतबाट १२ दिनअघि आएका थिए। उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो। भारतबाट फर्किएपछि उनी क्वारेन्टाइनमा बसेका थिए।
उनलाई स्वाशप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी संक्रमणमुक्त नहुँदै डिस्चार्ज गरिएको थियो।