नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जना ४ सय २४ पुरुष र २४ जना महिलामा संक्रमण देखिएको जानकारी गराए।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोनाभाइरस संक्रमण निको हुनेहरुको संख्या ८ सय ७७ पुगेको छ।