काठमाडाैं– पछिल्लो २४ घण्टामा नेपालमा दुइ सय १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङमा यसकाे पुष्टि गर्दै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको जानकारी दिए। संक्रमित मध्ये ३ हजार २ सय १२ जना पुरूष रहेका छन् भने २ सय ३६ जना महिला रहेका छन्।
मन्त्रालयकाे तथ्याङ्क अनुसार हालसम्म प्रदेश नं १ मा १२ वटा जिल्लामा २ सय ५९ जना संक्रमित रहेका छन्। त्यस्तै प्रदेश नं २ का ८ जील्लामा १ हजार १ सय ६१ जना संक्रमित पुगेका छन्, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना, गण्डकी प्रदेशका ९ जिल्लामा १ सय ११ जना, कर्णाली प्रदेशका ९ जिल्लामा ६ सय ३३ जना , प्रदेश नं ५ का १२ जिल्लामा १ हजार ८१ जना र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना संक्रमित रहेका छन्।
त्यस्तै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेका कुल संख्या ४ सय ६७ पुगेकाे छ। जसमध्य ३ सय ९९ जना पुरूष रहेका छन् भने ६८ जना महिला रहेका छन्।