पर्सा– वीरगञ्जस्थित नारायणी-अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरू शनिबार डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३–३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७९ पुगेको छ ।
नारायणी अस्पतालमा हाल ६२ जना कोरोना संक्रमितहरु उपचार गराइरहेका छन्। अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।
यसअघि जेठ ९ गते एकै पटक २१ जनाले कोरोनालाई पराजीत गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका थिए ।
हालसम्म नेपालमा काेराेनाबाट ३ जनाकाे मृत्यु भएकाे छ भने ५ सय ८४ जना संक्रमित भएका छन् ।