कोरानाभाइरस महामारीका कारण कतारमा रहेका नेपालीहरुको सहयोगका लागि कतार सरकार अगाडी सरेको छ। कतार सरकारले त्यहा रहेका नेपालीको राहत व्यवस्थापनका लागि करिव १ करोड ५० लाख रुपैयाँ बराबरको सहायता गरेको छ।
कतार सरकारले सो सहयोग रकम गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्लाई उपलब्ध गराएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए। सो सहयोगबाट ५ हजार जना लाभान्वित हुने उनले बताएका छन्।
यसबारे जानकारी दिदैँ अध्यक्ष पन्तले अप्ठ्यारोमा परेका नेपालीको सहयोग गरेको भन्दै कतार एनसीसी अध्यक्ष मोहम्मद मुक्तदालगायत र कतार सरकारलाई पनि धन्यवाद ज्ञापन गरेका छन्।