नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका ६२ वर्षिय पुरुषमा संक्रमण भएको पुष्टि गरेको हो।
शुक्रबार बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा उनीमा संक्रमण पुष्टी भएको छ। मन्त्रालयका अनुसार संक्रमितलाई आइसोलेशनमा राखेर उपचार भईरहेको छ।