सुनसरी– सुनसरीमा एक वृद्धाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १६ का ९० वर्षीया आशादेवी राना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
आफ्नै घरको पूजा कोठामा पूजा गर्ने बेला धूपबत्तीबाट आफैँले लगाएको लुगामा अचानक आगो लागेको थियो। आगो लागेपछि गम्भीर घाइते भएकी आशादेवीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।