दार्चुला– जिल्लाको मालिकार्जुन, पनेबाज खुना, उल्लानी,ग्वानी, मिल्मिली लगायतका स्थानमा आइतबार साँझ परेको असिना–पानीले हिउँदे बालीमा नोक्सान भएको छ।
असिनाले साग, काउँली, बन्दा, लसुन, प्याज, धनियाँ, गोल्भेडा लगायतका तरकारी बालीमा ठूलो नोक्सान भएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए छन्।
असिनाले तरकारी, तोरी बारीमा बढी क्षति गरेको छ भने पाक्नै थालेको अन्नबाली नष्ट भएपछि किसान चिन्तित भएका छन्।