काठमाडौँ — जनता बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर (बीएमटी) बीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ। साेसम्बन्धी सम्झौतापत्रमा बैंककाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षत्री र बीएमटीकाे तर्फबाट प्रबन्ध सञ्चालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका हुन्।
सम्झौताबमोजिम ‘भाटभटेनी रेमिट’ मार्फत पठाइएको आन्तरिक तथा बाह्य रेमिट्यान्सहरू जनता बैंकका देशैभरी छरिएर रहेका १ सय २९ शाखा तथा ५० शाखारहित बैंकिङमार्फत भुक्तानी लिन सकिनेछ। भाटभटेनी मनी ट्रान्स्फर भाटभटेनी समूहद्वारा सञ्चालित कम्पनी हो।