काठमाडौँ - आर्थिक रुपमा टाट पल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौँ उडान चार दिन बन्द गर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौँ उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ।
स्रोतले भन्यो अनौपचारिक जानकारी आएको छ, उनीहरुका धेरै जहाज ग्राउन्डेड भएका कारण उडान रोकेको हुनुपर्छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई जेट एयरवेजले विमानस्थलको सेवा प्रयोग गरेबापत १८ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ। आर्थिक रुपमा समस्याग्रस्त भएको यस एयरवेजको सेवा बन्द हुँदा बक्यौता उठाउन कठिन हुन सक्नेछ।