काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २ को महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चोकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बर्दिवास शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ३६ पुगेको छ।
महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने भएको छ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले १ सय ३६ वटा शाखा, १५ वटा राजस्व संकलन काउन्टर, १ सय ४२ एटिएम, ९ वटा एक्टेन्सन काउन्टर तथा १ सय २६ शाखा रहित बैंकिङ सेवा नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।