काठमाडौँ - सनराइज बैंकले चैत १७ मा आएको विनाशकारी हावाहुरीका कारण बारामा प्रभावित हरदिया र पर्शुराम गाउँमा २ सय पीडित परिवारलाई दैनिक प्रयोजनको लागि आवश्यक सामग्रीहरु सहयोग गरेकाे छ।
बैंकले भाँडाकुँडा, टर्चलाइट, साबुन, तेल, टुथ पेस्ट, टुथ ब्रस आदि राहत सामग्री सहयोगस्वरुप प्रदान गरेको हाे।हावाहुरीले कलैया उपमहानगरपालिका सहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको छ।
हावाहुरीमा परी बारा र पर्साका २७ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी घाइते भएका छन्। त्यहाँका १ हजार बढी घरहरु क्षतिग्रस्त छन्। सरकारले क्षतिग्रस्त घरहरु सबै ४ महिनाभित्र निर्माण गरिसक्ने घोषण गरेको छ।